Nepal Flag

नेपाल सरकार

नेपाल पशु चिकित्सा परिषद

भेटेरिनरी कम्प्लेक्स,त्रिपुरेश्‍वर

गते

सोधिरहने प्रश्नहरू

१. VCOS (भिकोस) के हो ?

नेपाल पशु चिकित्सा परिषद्ले यस अघि भौतिक रूपमा दिँदै आएको सबै सेवाहरू अनलाइनबाट प्रदान गर्ने गरी Veterinary Council Online Service (VCOS) नामक अनलाइन सेवा सुचारु गरेको हो । परिषद्का दर्तावाल पशु चिकित्सक तथा अन्य सबै सेवाग्राहीहरुले लिने सेवा घरबाटै लिन सक्ने गरी यो प्रणाली विकास गरिएको हो । 


२. VCOS मा आफ्नो विवरण अद्यावधिक किन गर्नु परेको हो ?

परिषद्ले हाल सम्म दर्ताभएका सवै १६७३ जना पशु चिकित्सकहरुको विवरण VCOS मा डिजिटलाईज गरी सकेकोमा उक्त विवरणहरुमा टाईपिङ्ग इरर हुन सक्छ, र प्रमाणपत्रगरु अपलोड निज आफैले गर्नुपर्ने भएकोले ।


३. VCOS मा आफ्नो विवरण अधावधिक गरेपछि के फाईदा हुन्छ ?

नेपाल पशु चिकित्सा परिषद्को नागरिक बडापत्रमा उल्लेखित पशु चिकित्सकको नाम दर्ता, लाइसेन्सिङ परीक्षाको आवेदन, आवधिक दर्ता, विशेषज्ञ दर्ता, इथिकल एप्रुमल, नो अब्जेक्सन लेटर, परिचय पत्र लगायतका सम्पूर्ण सेवाहरू यसै VCOS बाटमात्र  लिन सकिने भएकाले र भविष्यमा हामी VCOS लाई नेपाल सरकारको नागरिक एप संग जोड़ने योजनामा छौ ।


४. ID र Password कसरी प्राप्त गर्ने ?

आफ्नो नाम, नेपचिप दर्ता नं. र नेपचिपको प्रमाणपत्र वा ID card राखेको ईमेल, परिषद्को VCOS को vcn.vcos@gmail.com मा ईमेल गरी USER ID  र PASSWORD प्राप्त गर्न सकिन्छ। नेपाल पशु चिकित्सा परिपद्को दर्ता नं १६२२ पश्चातका दर्तावाल पशु चिकित्सकहरुको हकमा निजहरुले NLEV को USERNAME र PASSWORD प्रयोग गर्नुपर्नेछ ।


५. ID र Password प्राप्त गरिसकेपछि कसरी प्रयोग गर्ने ?

ID र Password प्राप्त भइसकेपछि परिषद्‌को बेवसाइट http://vcn.gov.np/ मा गएर भेटेरिनरी परिषद् अनलाइन सेवामा click गर्ने वा http://103.175.192.122/login.html लिङ्क सिधै खोल्ने र त्यसपछि आफ्नो ID र Password भरेर I'm not a robot लेखेको ReCAPTCHA box मा Tick गरेर “Login” बटनमा click गर्ने


६. Login भइसकेपछि के गर्ने ?

Login गरिसकेपछि स्क्रिनको वाँयापट्टि Home र Members लेखेको Registered Members मा Click गरी Edit Information मा गई आफ्नो सत्य तथ्य विवरण अद्यावधिक गर्ने । Registered Members मा Click गरेपछि Edit Information, View Information, Request Id Card, Request For Copy Of Certificate, Apply For Specialist ,Apply For NOC Request ,Ethical Form आदि देखिन्छन् ।


७. Edit Information मा गई आफ्नो सत्य तथ्य विवरण अद्यावधिक कसरी गर्ने?

विभिन्न Dialogue Box मा आफ्नो विवरण भर्दै जाने र एउटा खण्ड सकिने बित्तिकै “Update Details” बटनमा click गरी Save गर्ने । Update Details मा click नगरी close गरेमा विवरण अपडेट हुँदैन ।
त्यसैगरी तलका खण्डहरूमा पनि विवरण भर्दै जाने र खण्ड सकिने बित्तिकै “Update Details” बटनमा click गरी Save गर्ने । आफ्नो विवरण भरेर View Information मा गई आफ्नो विवरण पुनः हेर्न सकिन्छ । 


८. डकुमेण्ट (Document) अपलोड भएन वा असहजता भयो, के गर्ने ? कसरी भर्ने ?

आफ्नो कम्प्युटरमा डकुमेन्टहरू / प्रमाणपत्रहरू यो खण्ड सुरु हुनु अगावै मिलाएर राख्नाले सहज हुन्छ । प्रत्येक प्रमाणपत्र एकपटकमा एउटा (एक एक गर्दै) “Choose File” मस click गरी  Upload बटनमा click गरी अपलोड गर्ने । त्यसपछि अर्को प्रमाणपत्रलाई पनि सोही तरिकाले एकपटकमा एउटा File गरी “Choose File” गरी Upload गर्दै जानुपर्छ ।
एकैपटकमा सबै फाइल Select गरेर Upload गर्न मिल्दैन ,एक एक गर्दै जानुपर्छ । उदाहरणका लागि Marksheet of SLC/SEE or Equivalent मा “Choose File” गरेपछि Upload गर्ने, अनि बल्ल Character Certificate of SLC/SEE or Equivalent मा जाने, सोहीअनुरूप गर्ने ।
एउटा फाइल 2 MB भन्दा कम हुनुपर्छ ।


९. लाइसेन्सिङ परीक्षाको आवेदन, आवधिक दर्ता, विशेषज्ञ दर्ता, इथिकल एप्रुमल, नो अब्जेक्सन लेटर, परिचय पत्र आदिको लागि कसरी VCOS (भिकोस) प्रयोग गर्ने?

Login गरिसकेपछि , Registered Members मा Click गरेपछि Edit Information, View Information, Request Id Card, Request For Copy Of Certificate, Apply For Specialist ,Apply For NOC Request ,Ethical Form आदि देखिन्छन् । आफ्नो पूर्ण विवरण भरेपछि, चाहिएको सेवामा गई माग गरअनुरुपको विवरण भर्ने र कागजात Upload गर्ने । एकपटक आफ्नो पूर्ण विवरण भरेपछि,  फेरीफेरी भर्नु पर्दैन । 


१०. परिषद्को खाता र E-SEWA ID के हो?

बैंक विवरण : नेपाल इन्भेस्टमेन्ट बैंक लि. दरबारमार्ग, काठमाडौं,नेपाल
खाताको नाम: नेपाल भेटेरिनेरी काउन्सील
करेन्ट खाता नं: ००१०५०१००५१३७२

E-SEWA ID


११. VCOS (भिकोस) सम्बन्धि कुनै समस्या निर्कौल नभएमा कहाँ सम्पर्क गर्ने ?

VCOS (भिकोस) सम्बन्धि कुनै समस्या निर्कौल नभएमा परिषद्को VCOS को vcn.vcos@gmail.com मा ईमेल गर्न सकिन्छ वा नेपाल पशु चिकित्सा परिषद ,भेटेरिनरी कम्प्लेक्स,त्रिपुरेश्‍वर, काठमाडौँ +९७७-१-५३६१२१० & ५३५९१४४ मा सम्पर्क गर्न सकिन्छ ।